प्रदेश १ मा फेरि बढ्यो कोरोना संक्रमण, थपिए ८३९ संक्रमित

जनकपुरधाम ।  प्रदेश १ मा आज ८३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, संखुवासभा र तेह्रथुममा ४–४, पाँचथरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७७ हजार ७७६ पुगेको छ ।

संक्रमित भएका मध्ये ७० हजार ४३० संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९११ जना रहेको छ । आज ३६८ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ३ हजार ५०९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३८४ महिला र ४५५ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस