प्रविधिमैत्री बन्दै स्थानीय सरकार

काठमाडौं, २ साउन । सूचना प्रविधिको विकास तथा विस्तारलाई तीव्रता दिएसँगै स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तारले स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् । दुर्गम स्थानीय तहमा समेत इन्टरनेटको पहुँचको विस्तार भई सेवा प्रवाह सहज भएको छ । यसले सुशासन कायम गर्न सहयोग मिल्दै गएको छ ।

सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै जाँदा सेवा प्रवाहमा सहजता भई सुशासन कायम भएको बताए । “सूचना प्रविधिकै विकासले दुर्गम स्थानीय तहका सरकारी तथ्याङ्क सुरक्षित भएका छन् ।” उनले भने, “सूचना प्रविधिलाई उद्योगका रूपमा प्रवद्र्धन तथा विकास गरी स्थानीय तहमा रोजगारीको सिर्जना भएका छन् ।”

सूचना प्रविधिको विकासले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय विकास लगायतका क्षेत्रको विकास, विस्तार र प्रवद्र्धन भएका छन् । भौगोलिक विविधता रहेको नेपालमा सूचना, सञ्चार र प्रविधिको तीव्र विकास र प्रयोगबाट ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकास भई जीवनस्तर माथि उठ्ने सहयोग पुगेको छ । सूचना प्रविधिको पहुँचसँगै गाउँका नागरिकले सूचना र प्रविधिको अधिकतम रूपमा प्रयोग गर्न थालेको विभागले जनाएको छ ।

विभागका अनुसार स्थानीय तहमा मोबाइल एप र इन्टरनेटको राम्रो प्रयोगले स्थानीय तह सूचना प्रविधिमैत्री बन्दै गएका हुन् । विभागले स्थानीय तहलाई सूचना प्रविधिमैत्री बनाउनका सबै स्थानीय तहको एउटै मोबाइल एप निर्माण गर्ने कार्यलाई तीव्रता दिइएको छ ।

उनका अनुसार अहिलेसम्म ७५३ स्थानीय तहमध्ये ६८८ स्थानीय तहमा मोबाइल एप निर्माण भइसकेका छन् । गोरखापत्र दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस