नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुँदै

जनकपुरधाम । प्रदेश २ सरकारमा नेकपा माआवादी केन्द्र पनि सहभागी हुने भएको छ । एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र सरकारमा जाने भएको हो । मन्त्रालयको बारेमा टुंगो नलागेपनि अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्रीमा सहमति जुटेपछि सरकारमा जान माओवादी तयार भएको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहका अनुसार दलका नेता भरत साह मन्त्री र सांसद रुवी कर्ण राज्यमन्त्री बन्ने निर्णय माओवादी केन्द्रले गरिसकेको छ । मन्त्रीहरुको सपथग्रहण कार्यक्रम आज ३ बजेका लागि तय भएको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस