प्रदेश २ सरकारः राजीनामा दिएका दुई मन्त्रीको विदाई

जनकपुरधाम, २ साउन । प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रलाई सहभागी गराउन दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।

राजीनामा दिएका सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहालाई मुख्यमन्त्री लालबाबु राउतले आज विदाई गरेका हुन् ।

राजीनामा दिएका मन्त्री यादवले स्वच्छाले राजीनामा दिएको मधेशलाइभलाई प्रतिक्रिया दिए । ‘अग्रगामी राजनितिक शक्तिहरु विरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो, त्यसअनुसार कसै न कसैलाई त राजीनामा दिनैपर्थ्यो’ उनले भने–‘त्यसैले मैले नै स्वच्छाले राजीनामा दिएको हुँ ।’

उनले वर्तमान राजनितिक परिवेशअनुसार संघीयतालाई संस्थागत गर्न जसपा नेपाल र प्रदेश सरकार अघि बढेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780