अमेरिकी डलर र भारतीय नोटसहित दुई जना भारतीय नागरिक पक्राउ

मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट भारतीय नोट र अमेरिकी डलरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउका ३४ बर्षीय अतुल कुमार र ३५ बर्षीय सन्दिप सिंह रोय छन् ।

हिजो दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउदै गरेका अतुलको साथबाट ५ सयको २ सय थान भारतीय नोट र रोयको साथबाट ५ सयको २१७ थान भारतिय नोट र १ सयको २१ थान, २० को ५ थान, १० को १ थान र १ को ४ थान अमेरिकी डलर बरामद भएको छ ।

पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी पठाईएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस