मेरिल्याण्ड कलेज पूर्वको उत्कृष्ट : केन्द्रविन्दु

बिराटनगर । काठमाडौंको एक संस्थाले गरेको सर्वेक्षणमा विराटनगर स्थित मेरिल्याण्ड कलेज देशभरकै उत्कृष्ट नौ कलेजमा पर्न सफल भएको छ ।

प्रत्येक वर्ष विभिन्न संस्थाले सर्वेक्षण गर्दा उत्कृष्ट कलेजको सुचीमा पर्दै आएको मेरिल्याण्ड यस वर्ष पनि उत्कृष्ट १० को सुचीमा परेको हो ।

हालै काठमाडौंस्थित केन्द्रविन्दु नामको संस्थाले देशभरका ११ र १२ कक्षा पढाइ हुने मावि(कलेज) को विभिन्न कोणबाट अध्ययन गरी सार्वजनिक गरको उत्कृष्ट २५ कलेजको नाम र विवरणमा मेरिल्याण्ड उत्कृष्ट नौमा परेको हो । यति मात्र नभएर मेरिल्याण्ड प्रदेश नं १ र २ को सर्वोत्कृष्ट कलेजको रुपमा परेको छ ।

विगत १० वर्षको कक्षा ११ र १२ को परीक्षाको शैक्षिक परिणामलाई अध्ययन गरी उत्कृष्टको सुची तयार गरिएको केन्द्रविन्दु टोलीले जनाएको छ ।

टोलीले भनेको छ ‘उत्कृष्ट २५ को सुचीमा रहेका यी शैक्षिक संस्था मात्र अब्बल हुन् भनेर हामी ठोकुवा गर्दैनौं तर पनि यी शैक्षिक संस्थाहरुको शिक्षण प्रणाली राम्रो छ भनेर ढुक्कले भन्न सकिन्छ ।’

नौमा पर्न सफल मेरिल्याण्ड कलेजको बारेमा केन्द्रविन्दुले लेखेको छ – ‘२०५९ सालमा स्थापित विराटनगरको मेरिल्यान्ड सेकेन्डरी स्कुल व्यवस्थापन संकायमा मोफसलको सर्वोत्कृष्ट कलेज हो । प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल मेरिल्यान्ड प्रदेश नम्बर १ कै सर्वोत्कृष्ट शैक्षिक संस्था हो ।

२०५९ सालमा स्थापित मेरिल्यान्ड विराटनगरले त्यसयता निरन्तर सफल परिणाम ल्याएर आफूलाई अब्बल सावित गरेको हो । प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल मेरिल्यान्ड प्रदेश नम्बर १ कै सर्वोत्कृष्ट शैक्षिक संस्था हो ।

अध्ययनमैत्री वातावरण बनाउन सफल यो संस्थाले प्रविधिमैत्री शिक्षा, नियमित आन्तरिक परीक्षा प्रणाली, आवश्यकता अनुसार वाह्रै महिना अतिरिक्त कक्षा, प्रोजेक्ट वर्क बेस लगायतका गतिविधि मेरिल्यान्डका विशेषता हुन् ।’

मेरिल्याण्डले २०७५ मा व्यवस्थापन विषय पढाउने देशभरीकै उत्कृष्ट कलेजको रुपमा सम्मान पाएको थियो । सो वर्ष विद्यार्थीद्वय निशा पोखरेल र पूजा शाहले ३.९२ जीपीए ल्याई नेपाल प्रथम भएका थिए ।

कक्षा ११ को नयाँ भर्ना पक्रियालाई सुचारु राखेको मेरिल्याण्ड कलेजका प्रिंसिपल लक्ष्मण ढकालले बताए । कलेजले गरिव तथा जेहेन्दार विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति पनि दिंदै आएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस