अपडेट : मृतक तीनै जनाको स्वाब संकलन, अस्पतालमा बाहिरी आवागमन निषेध

राजविराज, २१ साउन । सप्तरीमा मृत्यु भएका तीनै जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षणकालागि बुधवार स्वाब संकलन गरिएको छ ।

स्वाब संकलन पश्चात उच्च सतर्कताकासाथ शव व्यवस्थापनकालागि जिम्मा लगाइएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनीयालाल यादवले जानकारी दिए । ‘स्थानीय प्रहरी र जनप्रतिनिधिको निगरानीमा परिवारजनले दाहसंस्कार कार्य गर्नेछन’ मधेश लाइभसँग कुरा गर्दै उनले भने–‘सतर्कताकालागि शव बोक्ने ४ जना तथा दागवत्ती दिने एक जना गरी पाँचै जनाले पीपीई लगाएर दाहसंस्कार गरिनेछ ।’

स्वाब परीक्षणको रिपोर्ट आएपछि मात्रै उनीहरुमा संक्रमण रहेको वा नरहेको विषयमा केही खुल्नसक्ने प्रमुख यादवले जानकारी दिए । ‘हाललाई शव बोक्नेदेखि दागवत्ती दिने तथा मलानीमा सहभागी हुने सवै जनालाई होम क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ, बाँकी रिपोर्ट आएपछि मात्रै केही भन्न सकिन्छ’, उनले भने ।

अस्पतालमा बाहिरी आवागमन निषेध

राजविराजस्थित छिन्नमस्ता अस्पतालमा बाहिरी आवागमन निषेध गरिएको छ । अस्पतालमा भर्ना भएका राजगढ गाउँपालिकाका ७१ वर्षीय तथा डाकनेश्वरी नगरपालिका वडा नं. ९ का ८० वर्षीय वृद्धको मृत्यु भएपछि कोरोनाको आशंका गरी अस्पतालमा बाहिरी आवागमन निषेध गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

‘तत्काललाई भित्रको मानिसहरु भित्रमै रहने र बाहिरबाट आउनेहरुलाई रोक लगाइएको छ’ कार्यालयका सूचना अधिकारी आनन्दकुमार ठाकुरले भने–‘रिपोर्ट पर्खिनुपर्छ, त्यसपछि मात्रै थप कार्य थालिने तयारी छ ।’

यो पनि पढ्नुसः

सप्तरीमा ४५, ७१ र ८० वर्षीय पुरुषको मृत्यु, कोरोनाको आशंका गरी स्वाब संकलन गरिँदै

Author:



क्याटोगरी छान्‍नुहोस