कोशी नदीमा पानीको वहाव अढाई लाख नाघ्यो

राजविराज, ३२ साउन । सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च पुगेको छ । आइतबार रातिदेखि बढेको पानीको वहाव सोमवार विहान गरिएको मापन अनुसार २ लाख ५२ हजार ८४० प्रतिसेकेन्ड क्यूसेक पुगेको छ ।

अझैं पानीको वहाव बढ्दो नै रहेको कोशी ब्यारेज प्रशासनले जनाएको छ । पानीको वहाब बढीरहेकाले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३३ वटा ढोका खुल्ला राखिएको छ ।

पानी वहाव बढीरहे आवश्यकता अनुसार थप ढोका खुल्ला गरिने ब्यारेज प्रशासनको भनाई छ । कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती बालिएको छ भने सप्तरी प्रशासनले तटबन्ध आसपासमा बसोवास गर्ने सर्वसाधारणलाई सतकर्ता अपनाउन आग्रह गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस