प्रदेश २ को प्रमुखमा महोत्तरीका हरिशंकर मिश्र

जनकपुरधाम, ३२ साउन । संघीय सरकारले प्रदेश नम्वर २ को प्रदेश प्रमुखमा पूर्व सांसद हरिशंकर मिश्रको नाम सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्री परिषद्को बैठकबाट उनको नाम सिफारिस गर्ने निर्णय गरेको हो । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका निवासी नेपाली कांग्रेसका जनप्रिय नेता एवम् पूर्व उद्योगमन्त्री स्व. रामनारायण मिश्रका छोरा हुन् हरिशंकर । उनी समेत लामो समयदेखि नेपाली कांग्रेस पार्टीमा रहेर राजनीति गर्दैआएका थिए ।

यस अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै पत्रकार एवम् राजनीतिक विष्लेशक राजेश झा अहिराजलाई गत फागुनमा नियुक्त गरेको थियो । मन्त्री परिषद्को बैठकले झालाई पदमुक्त गरी हरिशंकरलाई नियुक्त गर्न राष्ट्रपति विद्या भण्डारी समक्ष सिफारिस गरेको जनाईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस