विराटनगरमा राष्ट्रिय बङ्गाली समाजको कमिटी गठन, अध्यक्षमा दत्त

मोरङ, १५ भदौ । विराटनगरमा नेपाल राष्ट्रिय बङ्गाली समाजको महानगरपालिकामा कमिटी गठन भएको छ ।

नेपाल राष्ट्रिय बङ्गाली समाज प्रदेश १ का संयोजक तथा अधिवक्ता सुजित कुमार चेलको अध्यक्षतामा बसेको बैठकबाट कमिटी भएको हो । बैठकबाट बिराटनगर महानगर कमिटिमा अध्यक्षमा सञ्जय दत्त, उपाध्यक्षद्धयमा रोशनकुमार दत्त र सञ्जीव सुक्ला, सचिवमा मनोज साह र कोषाध्यक्षमा राजकुमार दासलाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।

यसैगरी सदस्यहरूमा सञ्जीव सरकार, दिपेन्द्र कुमार बंगाली, अजय दास, बचूँ कुमार दास र गौतम चेल चयन गरिएको जनाएको छ ।

बंगाली समाजका अगुवा समाजसेवी सपन दास प्रमुख अतिथिको आयोजना गरिएको बैठकमा नेपाल राष्ट्रिय बङ्गाली समाजका वरिष्ठ सल्लाहकार तथा नेपाल खानेपानी संस्थानका पूर्व कार्यकारी अध्यक्ष महेश दत्त, नेपाल राष्ट्रिय बङ्गाली समाजका केन्द्रीय उपाध्यक्ष विप्लव घोष, नेपाल राष्ट्रिय बङ्गाली समाजका केन्द्रीय सचिव सञ्जय बरुवा आधिले बंगाली समाजबारेमा प्रष्ट पारेका थिए ।

नेपाल राष्ट्रिय बङ्गाली समाज केन्द्रीय कमिटीले जिल्ला तथा पालिकास्तरमा नयाँ नेतृत्व गठन गर्ने अभियानलाई तीव्रता दिएको छ भने केन्द्रीय कमिटीले देशभर छरिएका बंगाली समुदायको पहिचान गर्दै उनीहरूको हक अधिकार सुनिश्चितताको अभियानमा थालिएको जनाइएको छ ।

भेलामा केन्द्रीय सदस्य सञ्जय चेल, समाजका कला तथा साहित्य विभाग संयोजक सन्तोष सरकार, प्रदेश १ का सदस्य विन्दानन्द नुन्दी मधुकुल बङ्गाली, समाजका सुनसरी जिल्ला अध्यक्ष शम्भु विश्वास लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस