सप्तरीमा फेरी डुबेर एक वालिकाको मृत्यु

राजविराज, ६ असोज । सप्तरीको महादेवा गाउँपालिका–२ अकबरपुरमा आज पोखरीमा डुबेर एक वालिकाको मृत्यु भएको छ ।
स्थानीय रामचरित्र मण्डलकी ५ वर्षीया छोरी सिवानी मण्डलको मृत्यु भएको पोखरीमा डुबेर मृत्यु भएको हो ।

घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा सिवानी डुबेको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।
यसअघि हिजो मात्रै जिल्लाको तिलाठी कोइरलाडी र तिरहुत गाउँपालिका तथा खडक नगरपालिकामा गरी तीन जनाको मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस