कोरोनाः प्रदेश २ मा एक सय १० जना थपिए, डब्लुएचओका एक प्रतिनिधिमा पनि संक्रमण पृष्टि

जनकपुरधाम। प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप एक सय १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का एक प्रतिनिधि तथा मुख्यमन्त्री कार्यालयका ६ जनासहित एक सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालबाट आएका रिपोर्टअनुसार एक सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ५ हजार ७ सय ४१ जना पुगेको छ ।

पछिल्लो पटक संक्रमित थपिएकोमा सबैभन्दा बढी धनुषाका ३९, बाराका २३, महोत्तरीका २१, सप्तरीका १२, पर्साका ५, रौतहटका ४, सर्लाही र सिरहाका ३–३ जना छन । जनकपुरमै विश्व स्वास्थ्य संगठनका एक जना प्रतिनिधिमा संक्रमण पुष्टि भएको प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

प्रदेशमा संक्रमणबाट हालसम्म २६ जनाको मृत्यु भएको छ भने संक्रमण निको भएर घर फर्किनेको संख्या ३ हजार ३ सय ५७ पुगेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस