काेराेनाबाट भारतमा २४ घण्टामा एक हजारबढीले ज्यान गुमाए

जनकपुरधाम। भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार ६४ कोरोना भाइरस (काेभिड-१९) संक्रमित थपिएका छन । विश्व स्वास्थ्य संगठनका अनुसार सो अवधीमा एक हजार ७ कोरोना संक्रमितको मृत्यु भएको छ।

भारतमा हालसम्म ४४ हजार ३८६ कोरोना संक्रमितको मृत्यु भएको छ । २२ लाख १५ हजार ७४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनकाे तथ्यांकले देखाउँछ । भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा तेस्रो स्थानमा छ ।

याेसँगै विश्वभर संक्रमितको संख्या एक करोड ९७ लाख १८ हजार ३० पुगेको छ भने सात लाख २८ हजारबढीकाे मृत्यु भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस