संविधान संशोधन नभएसम्म सबै नेपालीको हित हुँदैन : उपेन्द्र यादव

जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै नागरिकको राज्यमा सम्मानजनक सहभागिता नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आइतबार अयोजना गरिएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनले नेपाल विश्वकै धेरै मुलुकमध्येको सुन्दर मुलुक भएकाले यहाँको स्रोतलाई उपयोग गरेर दाता देश बन्नसक्ने जिकिर गरे ।

आफू परराष्ट्रमन्त्री भएको बेला विदेश भ्रमण गर्दा अरूको भन्दा आफ्नै देशमा धेरै विकासका सम्भावना रहेको अनुभव गरेको अध्यक्ष यादवले जानकारी दिए । कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गरेर, जलस्रोतलाई विद्युतमा परिणत गरेर र पर्यटनलाई विदेशीको माझ व्यापार बनाउन सक्ने गरी विकास गर्नसक्ने उनले उल्लेख गरे ।

फरक प्रसङ्गमा अध्यक्ष यादवले नेपालको संविधान संशोधन गर्नुपर्ने आवश्यक रहेको बताए । संविधान निर्माण र जारीदेखि नै आफूहरूले त्यसमा संसोधनको आवश्यकता रहेको बताउँदै आएको चर्चा गर्दै उनले संशोधन नभएसम्म सबै नेपालीको हित नहुने बताए ।

संविधान संशोधन गरेर तराई मधेस, पहाड र हिमालसम्मका उत्पीडनमा परेका समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने उनले बताए । संविधानमा गर्ने संशोधन कुनै समुदायको अधिकार खोस्नका लागि नभई सबैको सम्मान पहुँच स्थापित र अपनत्व महसुस गराउनका लागि हुने उनको भनाइ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस