एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमामा दुई शक्तिशाली विस्फोटमा परेर १५ जनाको मृत्यु भएको छ ।
दुईवटै विस्फोट अस्पतालको अगाडि भएको तालिबानका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तालिबानसम्बन्धी सुरक्षा अधिकारीका अनुसार विस्फोटमा परेर अहिलेसम्म ३४ जना घाइते भइसकेका छन् ।
प्रत्यक्षदर्शीले त्यहाँ गोलीको आवाज पनि सुनेको बताएका थिए । अस्पतालका कर्मचारीले अस्पतालभित्र विस्फोटको ठूलो आवाज सुनेका थिए ।
उनले भनेका छन्, ‘म अस्पतालभित्र छु, मैले ठूलो विस्फोटको आवाज सुनेँ । हामीलाई सुरक्षित कोठामा जान भनिएको छ । मैले अहिले पनि गोलीको आवाज सुनिरहेको छु ।’
तालिबान सरकारका गृह मन्त्रालयका प्रवक्ता कारी सईद खोस्ती विस्फोट भएको स्थानमा पुगेका थिए । उनले विस्फोटमा मानिसको मृत्यु भएको जानकारी दिँदै विस्तृत विवरण पछि सार्वजनिक गरिने बताए ।