राष्ट्रिय जनगणना आजदेखि : ४० हजार गणक परिचालित हुँदै

जनकपुरधाम । १२औँ राष्ट्रिय जनगणना आजबाट सुरु हुँदै छ । केन्द्रीय तथ्यांक विभागका अनुसार आजदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले पहिलो चरणको सूचीकरण संकलन भइसकेको र आजदेखि मूल जनगणना संकलन कार्य हुने बताए । त्यसका लागि ७७ जिल्लामा जनगणना कार्यालय स्थापना भइसकेको छ । सूचीकरणमा छुटेकाहरूलाई पनि मूल जनगणनामा समेटिने उनले बताए ।

सो क्रममा देशभर ४० हजार गणक परिचालन हुनेछन् । आठ हजार ५०० सुपरिवेक्षक सहभागी हुनेछन् । विभागले ती सबैलाई तालिम दिने काम सम्पन्न गरिसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस