सप्तरीमा जनगणनामा खटिएका यी कर्मचारी पदमुक्त, यस्तो छ कारण

राजविराज, २ मंसिर । सप्तरीमा राष्ट्रिय जनगणनामा खटिएका एक जना कर्मचारीलाई पदमुक्त गरिएको छ । आचार संहिता विपरित कार्य गरेको भन्दै राष्ट्रिय जनगणना कार्यालय सप्तरीले सुपरिवेक्षक पदमा खटिएका मनोज कुमार मेहतालाई पदमुक्त गरेको हो ।

‘सुपरिवेक्षक मेहताले आचार संहिता विपरित कार्य गरेको पाइएकोले उनलाई तत्काल पदमुक्त गर्यौं’, कार्यालयका जनगणना अधिकारी सञ्जय कुमार चौधरीले जानकारी दिए । यद्यपी, कारण भने खुलाएको छैन् ।

श्रोतका अनुसार मेहताले मैथिली मातृभाषा रहेका स्थानीयहरुलाई अर्कौ भाषा लेखाउनेतर्फ प्रेरित गर्दै आएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस