हत्या घटना पनि प्रहरी प्रशासनको प्राथमिकतामा परेनः अध्यक्ष सिंह

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले विभत्स हत्या घटना पनि प्रहरी प्रशासनको प्राथमिकतामा नपर्नु दुखद रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा ‘वृद्ध दम्पतीको हत्या प्रकरणः ३ वर्षमा ३ एसपी फेरिए तर घटना अझैं रहस्यमै’ शीर्षकमा मधेशलाइभले लेखेको समाचार शेयर गर्दै उनले यस्तो लेखेका हुन् ।

उनले सो घटना प्रहरी प्रशासनको प्राथमिकतामा नपरेकाले अझैं रहस्यमै रहेको बताए । घटनातर्फ तदारुकताकासाथ छानवीन गरी दोषीलाई कानूनी दायरामा उनले प्रहरी प्रशासनसँग आग्रह समेत गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस