सिरहाको गोलबजारमा पुनः राजमार्ग अवरुद्ध, अवस्था तनावग्रस्त

लहान, ५ पुस । सिरहाको गोलबजार–६ डोहटियामा छुरा प्रहारबाट मृत्यु भएको घटनाको विरोधमा गोलबजार स्थित आज (सोमवार) समेत राजमार्ग अवरुद्ध गरी स्थानियहरुले प्रदर्शन गरिरहेका छन् । राजमार्ग अवरुद्ध हुदाँ अवस्था तनावग्रस्त रहेकोसगैँ प्रहरीले ४ राउण्ड अश्रु ग्यास फायर गरेको छ ।

शनिवार साँझ अज्ञात समूहद्वारा डोहटियाका २६ वर्षीय रामकुमार सदा र १९ वर्षीय निकेश सदामाथि छुरा प्रहार भएको थियो । रामकुमारको मृत्यू भएको छ भने निकेशको धनगढीको आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

सोही घटनाका दोषीलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै स्थानियहरुले विहानैदेखि बजार बन्द गराउँदै राजमार्ग अवरुद्ध गरेको हो । राजमार्ग अवरुद्ध गरी दोषीलाइ कडा कारवाही, घाइतेको निःशुल्क उपचार, पीडित परिवारलाई क्षतिपूर्तिसहितको माग गर्दै स्थानीयहरुले प्रदर्शन गरिरहेका छन् । उक्त अवरुद्धमा ५ सय भन्दा बढी सवारीसाधनहरु थनकिएको छ ।

घटनाको विरोधमा उनीहरुले आइतवार पनि राजमार्ग अवरुद्ध गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस