राजविराजमा बजाजको महाएक्सचेन्ज मेला, बजार मूल्यभन्दा १० हजार बढी दिने

राजविराज, २१ पुस । बजाज कम्पनीले सप्तरी सदरमुकाम राजविराजमा मोटरसाइकल महामक्सचेन्ज मेलाको आयोजना गर्ने भएको छ । आज (बुधवार) खान अटोमोवाइल्स् एण्ड इलेक्ट्रोनिक्स प्रा.लि राजविराजले एक कार्यक्रमको आयोजना गरि महाएक्सचेन्ज मेलाबारे जानकारी गराएको हो ।

हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्राली गोल्छा ग्रुप र खान अटोमोवाइल्स एण्ड इलेक्ट्रोनिक्स प्रा.लिले सो मेलाको आयोजना गर्न लागेको आटोमोवाइल्स्का संचालक कलिम खानले बताए । पुस २५ देखि ३० गतेसम्म चल्ने सो मेलामा कुनै पनि कम्पनीका पुरानो मोटरसाइकल साटेर बजाज कम्पनीको नयाँ मोटरसाइकल लिने सुविधा उपलब्ध हुने उनले जानकारी गराए ।

‘जुन पनि कम्पनीको पूराना मोटरसाइकललाई कम्पनीका दक्ष मुल्याङ्कनकर्ताबाट मुल्याङ्कन हुनेछ’ उनले भने–‘जसमा पुरानो मोटरसाइकलको बजार मुल्यभन्दा १० हजार थप जोडेर एक्सचेन्ज हुने सुविधा उपलब्ध गराउँछौं ।’

यसकासाथै सो मेलामा विशेष छुट र किस्तामा मोटरसाइकल दिनेहरुलाई पनि विशेष राहत उपलब्ध गराउने उनले बताए । ‘मेलाको अवधीमा मोटरसाइकल लिँदा ४० देखि ५० प्रतिशत डाउन पेमेन्टमै मोटरसाइकल उपलब्ध गराइन्छ र त्यसको व्याजदरमा पनि लाग्दैन्’ उनले भने–‘त्यसरी मोटरसाइकल लिँदा पनि हेलिमेन्ट, ले–गार्ड, ह्याण्डल ग्रीप, सिट कभर प्रदान गरिनेछ ।’

सो मेलामा बजाज कम्पनीका मोटरसाइकल, मोटरपार्टस र अन्य उपकरणहरुको एक दर्जनभन्दा बढी स्टलहरु राखिने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस