किसानहरुको मागतर्फ सरकार गम्भीर बनोस्ः राप्रपा नेता साह

राजविराज, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य दिनेश प्रसाद साहले आन्दोलित किसानहरुको माग सम्बोधन गर्न सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिएका छन् ।

आज (मंगलबार) ३ सय औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सप्तरीको राजविराजमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

देशमा साम्प्रदायिक दंगा फसादहरु ठाउँ–ठाउँमा भईरहेको भन्दै साहले भने–‘देशमा सद्भाव, राष्ट्रिय अखण्डता, सहिष्णुता र सांस्कृतिको खाँचो छ ।’ उनले आजको दिन सरकारलाई राष्ट्रिय एकताको अवसरमा विदा दिन बारम्बार आग्रह गरे पनि विदा घोषणा नगरेको भन्दै आपत्ति जनाए ।

पार्टीका जिल्ला सचिव बलराम शर्माले सञ्चालन गरेको कार्यक्रममा सह–सचिव सुरेन्द्र कुमार साह, विरेन्द्र कुमार यादव लगायतले मन्तव्य व्यक्त गरे । यसअघि निकालिएको र्यालीले भ्रष्टाचार अन्त्य गर, पृथ्वी नारायण साह अमर रहुन लगायतका नाराहरुसहित बजार परिक्रमा गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस