अध्यक्ष माधवकुमार नेपाल कोरोना संक्रमित

जनकपुरधाम, २७ पुस । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण देखिएको छ ।

आज आएको रिपोर्ट अनुसार उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा एकान्तवासमा रहेको जनाएको छ ।

हिजो मात्रै अध्यक्ष नेपालले देशभर कोरोना संक्रमण बढेको भन्दै एक अपिल जारी गर्दै पार्टीका बैठक तथा भेलाहरू गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर गर्न निर्देशन दिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस