शैक्षिकसत्र सर्ने सम्भावना, परीक्षा तालिका भद्रगोल

काठमाडौं, २७ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेसँगै आगामी वर्षको शैक्षिक क्षेत्र भद्रगोल हुने देखिएको छ । अधिकांश विद्यालयले फागुन र चैतमा अन्तिम परीक्षा लिएर वैशाखबाट नयाँ शैक्षिकसत्र शुरू गर्ने तयारी गरिरहेकोमा फागुन अन्तिमदेखि विद्यालय स्तरमा हुने परीक्षा पूर्ण प्रभावित हुने देखिएको छ ।

स्थानीय तहले सञ्चालन गर्ने कक्षा ८, राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १० को एसईई, ११ र १२ को परीक्षा तालिकामा समेत असर पर्ने सम्भावना देखिएको छ । मुलुकभर कोभिड संक्रमण बढ्दै गएपछि सोमबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

सीसीएमसीको निर्णय कार्यान्वयन गर्दै मन्त्रालयले आज मंगलबारबाट माघ १५ सम्म विद्यालयको आधारभूतदेखि माध्यमिक विद्यालय तह (कक्षा १२) सम्मको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयको निर्णयले आजबाट देशभरका २९ हजार सामुदायिक र ७ हजार निजी गरी करिब ३६ हजार विद्यालयको पठनपाठन बन्द भएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस