जनमत पार्टीका सप्तरी अध्यक्षसहित छ नेता/कार्यकर्ता रिहा

राजविराज, २६ पुस । सप्तरीबाट पक्राउ परेका जनमत पार्टीका जिल्ला अध्यक्षसहित छ जना नेता/कार्यकर्ताहरु सोमवार रिहा भएका छन् ।

किसानको समस्यालाई लिएर पार्टीले थालेको आन्दोलन तहत केही दिनअघि सडक र बजार बन्द गराउँदै हिँडेका उनीहरुलाई भारदह, कञ्चनपुरबाट नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेका सप्तरी जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर प्रसाद साह, पार्टीका कंचनरुप नगरपालिकाका अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ का अध्यक्ष सुरेन्द्र मण्डल, डाक्नेशवरी नगरपालिका १० का अध्यक्ष महिनारायण साह र योगानन्द साह रिहा भएको पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस