ईट्टा उद्योगमा वाल भत्किएर महिला मजदुरको मृत्यु, दुई घाइते

राजविराज, २६ पुस । सप्तरीमा एक ईट्टा उद्योगमा सोमवार वाल भत्किएर एक महिला मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

रुपनी गाउँपालिकामा –६ तेरहौतास्थित विशाल ईट्टा उद्योगमा ईट्टा पकाउनको लागि चाङ लगाउने क्रममा वाल भत्किएको हो । घटनामा सोही वडाकी ५० वर्षीया जतरी देवी सरदार घाइते भएकी थिइन् ।

घाइते सरदारलाई राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

सो घटनामा अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ का ५० वर्षीय मंगल सदा र भारत विहारका ४० वर्षीय रमेशकुमार लौउदी घाइते भएका छन् । दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस