सप्तरीमा ट्याक्टर पल्टिएर चालकको मृत्यु

राजविराज, १ माघ । सप्तरीमा आज (शनिवार) ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–६ स्थित स १ त २७६ नम्वरको ट्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्याक्टरका चालक सोही ठाउँका २३ धिरज सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । विहान माटो लिन जाने क्रममा अनियन्त्रित भएर ट्रयाक्टर नहरमा पल्टिएको थियो ।

ट्रयाक्टरसँगै पानीमा डुबेको सदाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस