त्रिवि अन्तर्गतका क्याम्पसहरुमा माघ १० गतेसम्म विदा

जनकपुरधाम, १ माघ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु माघ १० गतेसम्म बन्द भएको छ । पछिल्लो समय बढ्दो कोरोना भाइरसको संक्रमणका कारण विश्वविद्यालयले १० गतेसम्म विदा दिने निर्णय गरेको हो ।

हिउँदे र बर्षे विदाबाट मिलान गर्ने गरी माघ १० गतेसम्म विश्वविद्यालय अन्तर्गतका सबै विभाग/आंगिक क्याम्पसहरुमा विदा दिने निर्णय गरिएको विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सो यस अवधिमा सञ्चालित परीक्षा भने नरोकिने जनाएको छ । सूचनामा भनिएको छ, ‘परीक्षा केन्द्रहरुमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने।’

Author:



क्याटोगरी छान्‍नुहोस