माघ १५ गतेसम्म सिनेमा हल बन्द गर्ने सरकारको निर्णय

जनकपुरधाम, २ माघ । सरकारले कोभिड–१९ संक्रमणको जोखिमलाई नियन्त्रण गर्न मनरोञ्जन क्षेत्र र रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले माघ १५ गतेसम्मका लागि सिनेमा हल, जिम हल र सबै प्रकारका रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

सरकारले यसअघि नै सार्वजनिक स्थानमा २५ जना भन्दा बढीलाई भेला हुन रोक र शैक्षिक संस्था बन्द गरिसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस