मेसुको जिम्मेवारीमा डा.साह, डा.झाका यस्ता छन् २७ उपलब्धी

राजविराज, २ माघ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डन्ट (मेसु) मा डा.दिलिपकुमार साहले जिम्मेवारी पाएका छन् ।

यसअघि निमित्त प्रमुख मेडिकल सुपरिटेन्डन्टको जिम्मेवारीमा रहेका डा.रणजीतकुमार झाले आइतवार उनलाई स्वागत गरेका हुन् । अस्पतालमा आयोजना गरिएको पत्रकार सम्मेलनमा डा.झाले आफ्नो कार्यकालमा भएका उपलब्धीहरुबारे जानकारी गराउँदै निमित्त प्रमुख मेडिकल सुपरिटेन्डन्टको जिम्मेवारीमा आएका डा.साहलाई सफल कार्यकालकालागि शुभकामना दिए ।

२०७७ असार १ गते निमित्त प्रमुख मेडिकल सुपरिटेन्डन्टको जिम्मेवारी पाएर डा.झाले १९ महिना (२०७८ पुस २९ गते) को अवधिमा २७ वटा अति महत्वपूर्ण कार्यहरु गरेको बताए । ‘तीमध्ये केही कामहरु सम्पन्न भइसकेका छन् भने केही कामहरु प्रगतितर्फ उन्मुख छ’ डा.झाले भने–‘बाँकी कामहरु मेसुको जिम्मेवारीमा आउनुभएका डा.साबले गर्नु नै हुन्छ भने विश्वास लिएको छु ।’

डा.झाका यस्ता छन् १९ महिने उपलब्धीहरुः

-जनसहयोगबाट ग्राभेल सडक निर्माण कार्य सुरु तथा सम्पन्न,
-५० केभीको ट्रान्सफर्मरबाट ३ सय केभीको ट्रान्सफर्मरबाट जडान,
-वर्षौैदेखि विभिन्न रिक्त दरबन्दीहरुमा पदपूर्ति,
-रामराज प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पर्क कार्यालयको अधुरा भवन निर्माण कार्य सम्पन्न र कार्यालय सञ्चालन,
-इर्मेजेन्सीमाथि एचडियू भवन निर्माण तथा २५ शैय्याको एचडियू सेवा सुरु,
-कुरुवा घरको निर्माण सुरु र सम्पन्न,
-रेकर्ड शाखाकालागि भवन निर्माण सुरु र सम्पन्न,
-गाइनो र ओबीएस भवन निर्माण कार्य सुम्पन्न,
-शव गृहको रोकिएको काम सुरु गरी सम्पन्न,
-१२८ सलाइस सिटी स्क्यानको जडान र सञ्चालन,
-९ महिनादेखि रोएिको यूएसजी सेवा पुनः सञ्चालन,
-१५ वटा भेन्टिलेटर सहितको १५ शैय्याको आइसीयू सेवा स्थापना,
-४ वटा भेन्टिलेटर सहितको १० शैय्याको एनआइसीयू स्थापना,
-क्यान्टिन भवन निर्माण सुरु र सम्पन्न,
-जिआइजेडको सहयोगमा फोहोर विसर्जनको व्यवस्थाकालागि भवन निर्माण सम्पन्न,
-५० केजीको वासिङ मेसिन तथा एडभान्स अटोकलेभ मेसिन जडान,
-२७० सिलिण्डर प्रति दिन भर्नसक्ने अक्सिजन प्लान्ट र वैकल्पिक लिक्यूड प्लान्टको जडान र सञ्चालन,
-२ सय बढी सिलिण्डर र ५० बढी अक्सिजन कन्सनट्रेटरको व्यवस्थापन,
-कोरोना व्यवस्थापन गर्न साईकृष्णा अस्पतालबाट १७८ शैय्याको आइसोलेसन वार्ड सञ्चालन गरेको,
-ओ एण्ड एम सर्भे कार्य सम्पन्न,

-विशेष सेवा विस्तारः
अर्थोपेडिक डिपार्टमेन्टमा प्राध्यापक, रेडिओलोजिस्ट, प्याथोलोजिस्ट, एनेसथेसोलोजिस्ट र सर्जन १/१ जना, एमडिजीपी, मेडिसिन र गाइनोलोजिस्ट २/२ तथा केही मेडिकल अधिकृत ल्याउन सफल,

-प्रयोगशालाको स्तरोन्नतिः
थाइरोइड, भिटामिन–बी १२, भिटामिन–डि जस्ता टेष्ट गर्न सक्ष्म र कल्चर सेवा स्थापनाकालागि पहल ।
ओटी आधुनिकिकरणकालागि सामानहरु तथा शव गृहकालागि चाहिने फ्रीजको बोलपत्र आह्वान गरिसकेको,

-रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धन कार्य सम्पन्न,
-रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानकालागि ६२ विघा जग्गा लिजमा लिई भुमि पुजन कार्य सम्पन्न,
-कार्डिएसी भवन र ७५ शैय्याको एनेक्स भवन निर्माण कार्य सुरु, र
-नेत्र रोग विभाग स्थापना कार्यको सुरुवात ।

मेसुको जिम्मेवारी पाएका डा.साह यसअघि पनि २०७२ चैत्र १५ गतेदेखि २०७४ वैशाख १९ गतेसम्मसम्म अस्पतालमा निमित्त मेसु रहिसकेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस