विशेष कारणले राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

जनकपुरधाम, २ माघ । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो ।

तर, विशेष कारणवश सो दिन बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्मकालागि बैठक स्थगित गरिएको हो ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमले जारी गरिएको सूचनामा भनिएको छ, ‘मिति २०७८ साल माघ ३ गते सोमवार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विषेश कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस