एमालेका ६३ जिल्लामा नयाँ अध्यक्ष निर्वाचित (सूचीसहित)

जनकपुरधाम,४ माघ । नेकपा एमालेले जिल्ला अधिवेशन र विशेष जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । ६३ जिल्ला अधिवेशन र २ विशेष जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको हो ।

मंगलबार एमालेले नयाँ अध्यक्षहरूको सूची सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । चितवन, दैलेख, पर्सा, सिन्धुपाल्चोक र मुगु गरी ५ जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन हुन बाँकी रहेको तथा सर्लाही, धनुषा, महोत्तरी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी ९ जिल्लामा अधिवेशनका मितिहरू कोभिङ–१९ महामारीको संक्रमणलाई ध्यानमा राखी पछि तय गरिने जनाएको छ ।

हेर्नुहोस् निर्वाचित अध्यक्षहरुको सूचीः

Author:



क्याटोगरी छान्‍नुहोस