सप्तरीमा एकैदिन थपिए ६५ संक्रमित, एकको मृत्यु

राजविराज, ४ माघ । सप्तरीमा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ ।

जिल्लाको रुपनी गाउँपालिका–१ की ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत शनिवार गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।

सोही क्रममा गत आइतवार गरिएको पिसिआर परीक्षणबाट उनमा संक्रमण पुष्टि भएको थियो । गए राति उनको मृत्यु भएको प्रमुख यादवले बताए ।

त्यस्तै, आज मात्रै न्यायाधिस र प्रहरीसहित जिल्लाका ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा हिजो (सोमवार) ७५ जनाको पिसिआर परीक्षण गरिएको थियो । परीक्षणको आज आएको रिर्पोट अनुसार न्यायाधिस र प्रहरीसहित ६५ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

योसँगै सप्तरीमा सक्रिय संक्रमितको संख्या १०५ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस