‘मधेश प्रदेश’को घोषणाले षड्यन्त्र गर्नेलाई गतिलो जवाफः जसपा

जनकपुरधाम,४ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, मधेश प्रदेश समितिले मधेश शब्दलाई समाप्त पार्ने षड्यन्त्र गरेकाहरुले ‘मधेश प्रदेश’को घोषणाले गतिलो जवाफ पाएको बताएको छ ।

समितिका अध्यक्ष रामबाबु कुमार यादवले मंगलबार विज्ञप्ति गर्दै ‘मधेश प्रदेश’ले पहिचानसहितको संघीयताको लागि विभिन्न माध्यमबाट आवाज बुलन्द गर्ने मधेशी, आदिवासी, जनजाति, थारुसहितको पहिचानको जित भएको बताइएको छ ।

विज्ञिप्तिमा आगामी दिनमा अन्य प्रदेशहरुमा पनि पहिचानको मुद्दाले महत्वपूर्ण ठाउँ बनाउने विश्वास व्यक्त गरिएको छ भने आन्दोलनको मुल मर्मलाई सम्वोधन गरेकोमा प्रदेश सरकारकासाथै सबैमा बधाई एवम् शुभकामना व्यक्त गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस