त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

जनकपुरधाम, ६ माघ । त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आज (विहिवार) सूचना जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियन्टले विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक संक्रमित भएको भन्दै सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो ।

सूचनामा भनिएको छ, ‘त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको मिति २०७८÷१०÷०६ गते बसेको बैठकबाट हाल सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मकालागि स्थगित गर्ने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस