शीतलहरले कष्टकर बन्दै विपन्नको जनजीवन

राजविराज । सप्तरीसहित मधेशका जिल्लाहरुमा शीतलहरले जनजीवन कष्टकर बनेको छ । केही सातादेखि बढ्दो शीतलहरले विपन्न परिवारको जनजीवन कष्टकर बनेको हो ।

हुनेखानेले जतन गरेर राखेको बाक्लो लुगाको सहाराले दैनिकी चfsu jersey aiyuk jersey fsu jersey custom ohio state jersey penn state jersey aiyuk jersey deuce vaughn jersey tom brady michigan jersey deuce vaughn jersey fsu jersey justin jefferson lsu jersey justin jefferson lsu jersey penn state jersey tom brady michigan jersey florida jersey लाउँदै आएता पनि आर्थिक रुपमा कमजोर हुने सप्तरीका मुसहर (सदा) र डोम (मरिक) जस्ता समुदायका लागि शीतलहर कहर मात्रै नभई काल बनेर आउँछ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ का ३७ वर्ष खानेश्री खंग घर र न्यानो लुगा अभावले सिरोटै हावा आउने गोठमा सुत्न बाध्य छन् भने वडा नम्वर ६ का १२ घर डोम परिवारमा पनि उस्तै समस्या छ । बसोवासको राम्रो व्यवस्था नभएको, गरिबीका कारण पोषिलो खाने कुरा खान नपाएको तथा गतिला लुगा समेत नरहेको कारण परालको घुर बालेरै पुसको ठण्डी कटाउनुपर्ने उनीहरुको बाध्यता छ ।amazon bodenfliesen bunt sac petite mendigote amazon goldkette 24 karat herren best jordans fsu jersey cazadora estilo motero hombre věšák na klíče domeček marc jacobs handtassen outlet cazadora estilo motero hombre amazon goldkette 24 karat herren zwei bauchtaschen Switzerland amazon die beste wasserpistole der welt claudie pierlot outlet fsu jersey hypervenom nike acc

ऐलानी जग्गामा झुप्रो बारेर बसेका १२ परिवारका ५० जना सवैको एउटै चिन्ता छ–‘यसपालीको ठण्डीमा बाँचिन्छ कि बाँचिदैन ।’ ‘कुनै–कुनै वर्ष त यस्तो ठण्डीमा ओड्ने लगायतका राहत दिन्थे पनि’ ६५ वर्षीय सिफैत मरिकले भने–‘यस पालि त अहिलेसम्म कोही सोध्नसम्म आएनन् ।’

जिवछ मरिकले भने–‘वृद्धवृद्धा र बालबालिकालाई पुसको ठण्डीले बढी सताएको छ ।’ चुनावका बेलामा हुलका हुल उम्मेदवार अनेक आश्वासन लिएर भोट माग्न आउने गरेको तर आफुहरु यतिवेला ठण्डीले विचल्ली पर्दा कोही सोध्न समेत नआएकोमा बस्तीका सवै मरिकहरु यतिबेला आक्रोश पोख्न थालेका छन् ।

टोलको नजिकै रहेको गाउँपालिकाको जनप्रतिनिधिको बसोवास रहेको भएपनि आफुहरु ठण्डीले तड्पिरहँदा समेत कसैले वास्ता नगरेको स्थानीय विरेन्द्र मरिकले गुनासो गरे । ‘चुनावको बेला मात्र सम्झिने अरु बेला मर्न लाग्दा पनि चासो नराख्ने जनप्रतिनिधिको के काम ?’ उनले भने– ‘हामी दलितहरुलाई खाली भोट बैंकको रुपमा प्रयोग गर्दैआएको छ, हाम्रो समस्यामाथि कसैलाई चासो रहेनछ ।’

यस्तो समस्या जिवछको मात्र नभई सप्तरीका अधिकांश गरिब विपन्न बस्तीको छ । जिविकोपार्जनको एक मात्र आधार मजदुरीबाट दुई छाक टार्न मुश्किल भएको अवस्थामा कसरी न्यानो लुगा खरीद गर्ने दुखेसो उनीहरुको छ ।

सरकारी तथ्यांक अनुसार दुई छाक टार्न नसक्ने व्यक्तिको संख्या सप्तरीमा मात्रै एक लाखको हाराहारीमा छन् । तर यिनीहरुलाई शीतलहरबाट जोगिन न्यानो लुगा प्रदान गर्न सरकारीस्तरबाट कुनै अग्रसरता भएको देखिंदैन । दिगो विकास लक्ष्य पूरा गर्न पनि हरेक नागरिकलाई गासबास र कपाससम्म पहुँच हुनुपर्छ । विपन्नको समस्यामा सरकार गम्भीर नभएकै कारण अहिले शीतलहर थेग्न धेरैलाई मुस्किल छ । शीतलहरको समस्या नयाँ होइन् । वर्षेनी आउने शीतलहरको कहरबाट गरिब विपन्न वर्गलाई कसरी जोगाउने भन्नेतर्फ गम्भीर हुँदै सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।

Author:



क्याटोगरी छान्‍नुहोस