सात निर्माण कम्पनीहरु कालो सूचीमा

जनकपुरधाम, ६ माघ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गतको सो कार्यलयले बुधवार सूचना जारी सोबारे जानकारी गराएको हो ।

कालो सूचीमा पर्ने कम्पनी र व्यक्तिहरुमा वरदनन कन्सल्टेन्ट एण्ड कन्स्ट्रक्सन प्रालि जडिबुटी ३२ काठमाडौं जसका मुख्य व्यक्ति तिलक पाण्डे रहेका छन् । यो कम्पनीलाई १ वर्ष कालोसूचीमा राखिएको छ । त्यस्तै बालन ब्रदर्श कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि तुलसीपुर ६ दाङ जसका मुख्य व्यक्ति जगराज बालन योगी रहेका छन् । उक्त कम्पनीलाई १ वर्ष कालो सूचीमा राखिएको छ ।

खग्रीन टेक प्रोजेक्ट प्रालि अनामनगर काठमाडौं, जसको प्रमुख व्यक्ति निहाल गुरुङ रहेका छन् । यो कम्पनीलाई २ वर्ष कालो सूचीमा राखिएको छ । डाइनोग्नोकेम–जसशम्भू जेभी काठमाडौं महानगरपालिका ५ हाँडी गाउँ जसका मुख्य व्यक्ति बिज्ञान कुमार अर्याल रहेका छन् । यो कम्पनीलाई २ वर्ष कालो सूचीमा राखिएको छ ।

त्यस्तै एस एन सी निर्माण सेवा प्रालि राप्ति सोनारी ८ बाँके चेतबहादुर बुढा मुख्य व्यक्ति रहेका छन् । जसको कालो सूची अवधि १ वर्ष रहेको छ । शाह निर्माण सेवा लुम्बिनी साँस्कृतिक नगरपालिका २ रुपान्देशी मुख्य व्यक्ति इनामुल्लह फकिर रहेका छन् । उक्त कम्पनीलाई १ वर्ष कालो सूचीमा राखिएको छ ।

आरोग्य कन्स्ट्रक्सन प्रालि काठमाडौं महानगरपालिका काठमाडौं महाराजगञ्ज रञ्जन रायमाझी मुख्य व्यक्ति रहेका छन् । उक्त कम्पनीलाई कालो सूचीमा ३ वर्ष राखिएको छ । कालो सूची अवधिभर ती निर्माण कम्पनीहरु सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

Author:



क्याटोगरी छान्‍नुहोस