विराट दरबार क्षेत्रमा प्राचीन बस्ती

विराटनगर, ६ माघ । विराट राजाको दरबार क्षेत्रका रूपमा विश्वास गरिएको भेडियारीमा जारी पुरातात्त्विक उत्खननबाट प्राचीन समयमा मानव बसोबास रहेको बस्ती क्षेत्र पहिचान भएको छ ।

विराटनगर महानगरपालिका–१८ स्थित भारतीय सीमावर्ती क्षेत्रमा रहेको भेडियारीमा पुरातत्त्व विभागको टोलीले एक हप्तादेखि अनुसन्धान गरिरहेको छ । दरबार क्षेत्र रहेको विश्वास गरिएको ठाउँलाई मुख्य क्षेत्र मानेर गरिएको उत्खननबाट प्राचीन बस्ती दक्षिण र पश्चिमतर्फ फैलिएको पाइएको हो । पुरातत्त्व विभागका पाँच जनाको टोलीले पुस २७ गतेदेखि उत्खनन गरिरहेको छ ।

पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत भाष्कर ज्ञवालीले भने, “हामीले मुख्य माउन्ट क्षेत्र (ढिस्को)मा पुनः उत्खनन गरेका छौँ । माउन्ट क्षेत्र (२० गुणा २० मिटर क्षेत्रफलमा फैलिएको) उत्खनन गर्दा विगतमा पहिचान भएको मन्दिरको जग र त्यहाँबाट मानव बसोबास रहेको क्षेत्र पहिचान गरेका छौँ ।” ‘माउन्ट’ क्षेत्रबाट तत्कालीन विराट क्षेत्रको बसोबास दक्षिण र पश्चिमतर्फ फैलिएको पाइएको उनले जानकारी दिए। दक्षिण र पश्चिम क्षेत्र भारतीय भूमिसम्म फैलिएको उत्खनन टोलीको अनुमान छ ।

पुरातìव विभागले यस पटक तीनवटा मुख्य उद्देश्य लिएर उत्खनन थालेको हो । सन् १९६८ पछि विभागले दोस्रो पटक भेडियारीमा उत्खनन थालेको हो । पुरातत्त्व अधिकृत ज्ञवालीका अनुसार ईसापूर्वको दोस्रो शताब्दीमा निर्माण भएको मानिएको मन्दिरको पहिचान गर्ने, अगरकोडिङको माध्यमबाट तिथि पत्ता लगाउने र दरबार तथा तेस्रो शताब्दीमा मानिस बसोबास गरेको बस्ती क्षेत्रको फैलावट ९आर्कोलोजी० पहिचान गर्ने उद्देश्य राखेर उत्खनन गरिएको हो । गोरखापत्र दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस