प्रदेश १ मा एक राज्यमन्त्रीसहित १४ सदस्यीय मन्त्रीमण्डल विस्तार

विराटनगर, २३ माघ । प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राईले १४ सदस्सीय मन्त्रीमण्डल विस्तार गरेका छन । गत असोज १६ गते गठन भएको सरकारलाई मुख्यमन्त्री राईले १ राज्य मन्त्रीसहित १४ सदस्सीय मन्त्रीमण्डल विस्तार गरेका हुन ।

जसअनुसार नेपाली काङ्गेसबाट शेखरचन्द्र थापा, ओमप्रकाश सरावगी र प्रतापप्रकाश हाङमाङ नियुक्त भएका छन् । थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, सरावगीले उद्योग, श्रम तथा रोजगार मन्त्रालय र हाङमाङले भूमि तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपेन्द्र घिमिरे, राजन राई र खिनु लङ्वा लिम्बू मन्त्री बनेका छन् । घिमिरेले यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय, राईले सामाजिक विकास मन्त्रालय र लिम्बू पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रबाट रामकुमार राई र झलकसिंह दर्लामी मगर मन्त्री भएका छन् । राईले खानेपानी सिँचाई, तथा ऊर्जा मन्त्रालय र दर्लामीलाई कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की यथावत छन् । जयराम यादवलाई स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री रहेका हिमाल कार्कीलाई सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नै छन् ।
नवनियुक्त मन्त्रीहरूले आइतबारै शपथ ग्रहण गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस