कर्मचारी अभाव हुँदा सेवा प्रभावित

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रभावित भएको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित कुल ३३ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा हाल आधा जति पद रिक्त रहेको कार्यालयले जनाएको छ ।

कार्यालयमा प्रमुख जिल्ला अधिकरी, सहायक प्रमुख जिल्ला अधिकारी, तीन प्रशासकीय अधिकृत, १० नायब सुब्बा, पाँच खरिदार र कार्यालय सहयोगीसहित ३३ जनाको दरबन्दी रहेको छ । तर, हाल प्रमुख जिल्ला अधिकारी र सहायकसहित एक अधिकृत, आठ नायब सुब्बा, पाँच खरिदार र कार्यालय सहयोगीको मात्रै पदपूर्ति रहदा सेवा प्रवाह गर्न कठिनाइ हुँदै आएको प्रजिअ जनार्दन गौतमले बताए ।

‘एक जना मात्र प्रशासकीय अधिकृत किशोर राम पनि दुई सातादेखि बिदामा छन्’ उनले भने–‘तत्काललाई राजविराज कारागारका जेलर सुमन कोइरालालाई कामु प्रशासकीय अधिकृतको रुपमा लगाइएका छौं, यद्यपी, सेवाग्राहीको चाप बढ्दो नै रहेकोले धान्न मुस्किल भइरहेको छ ।’

प्रजिअ गौतमले कर्मचारी अभावको विषयमा गृह मन्त्रालयलाई जानकारी गराइसकेको बताए । ‘पदपूर्तिअनुसारको कर्मचारी नहुँदा भइरहेको समस्याबारे हामीले गृह मन्त्रालयमा जानकारी गराइसकेका छौं ।’

दुई–चार दिनमा कर्मचारी पठाइदिने आश्वास पाएको र त्यसपछि सेवा प्रवाह गर्न केही हदसम्म सहज हुने उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780