महाशिवरात्रि पर्वको अवसरमा उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

जनकपुरधाम । उपराष्ट्रपति नन्दबहादुर पुनले महाशिवरात्रि पर्वको अवसरमा आज (मंगलबार) शुभकामना दिएका छन् ।

उनले सबै नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास समेत प्रकट गरेका हुन् ।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।

उनले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा सरकार निरन्तर क्रियाशील रहेको बताए ।

नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्द्धनका लागि प्रतिबद्ध रहेको समेत उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस