रुस–युक्रेनबीच जारी द्वन्द्व : एक भारतीय विद्यार्थीको मृत्यु

जनकपुरधाम । रुस–युक्रेनबीच जारी द्वन्द्वका क्रममा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सो बारे पुष्टि गरेका हुन् ।

उनले मृतकका परिवारजन मन्त्रालयको सम्पर्कमा रहेको भन्दै परिवारजन प्रति सहानुभूति प्रकट गरे । बीबीसी हिन्दीका अनुसार भारतले खारकिएवमा भएको गोलाबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको हो ।

आज (मंगलबार) खारकिएव क्षेत्रमा रुसी सेनाले हवाई आक्रमण गरेका थिए । सो क्रममा शक्तिशाली बमहरु आवासीय क्षेत्रमा खसाइएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस