कांग्रेस सप्तरीको अधिवेशन शुक्रवार हुने (निर्वाचन तालिकासहित)

राजविराज । नेपाली काँग्रेस सप्तरी जिल्लाको अधिवेशन शुक्रवार (फागुन २० गते) हुने भएको छ । निर्वाचन समितिले सोमबार निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार फागुन १८ गते उम्मेदवारको मनोनयन दर्ता र फागुन २० गते शुक्रवार काँग्रेसको जिल्ला अधिवेशन गरिनेछ ।

गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हुने निर्वाचनको सबै तयारी पुरा भइसकेको निर्वाचन समितिका प्रमुख डा.रुद्रनारायण शर्माले जानकारी दिए । अधिवेशनमा कुल २ हजार ५६८ मतदाता छन् ।

हेर्नुहोस् निर्वाचन तालिकाः

Author:



क्याटोगरी छान्‍नुहोस