देशभरमा ८१८ कोरोना संक्रमित थपिए, २८१ डिस्चार्ज

जनकपुरधाम । देशभरिमा पछिल्लो २४ घण्टामा ८१८ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार पछिल्लो २४ घण्टामा २२० महिला र ५९८ पुरुष संक्रमित थपिएका हुन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २८१ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म १८ हजार ६३१ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । देशभर सक्रिय संक्रमितको संख्या १३ हजार १५५ रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ८ हजार २६ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म जम्मा ६ लाख ४ हजार ४४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार २१२ जना र होम आइसोलेसनमा ३ हजार ९४३ रहेका छन् । आजसम्म देशभर ११ हजार ४१४ जना क्वारेन्टिनमा रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस