राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले स्थानिय तहको निर्वाचनलाई लक्षीत गर्दै हातहतियार बुझाउन स्थानियहरुसगँ आग्रह गरेका छन् । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निश्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका लागी प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले हातहतियार बुझाउन शुक्रवार एक सूचना मार्फत आग्रह गरेको हो ।
सूचनामा भनिएको छ, ‘जिल्ला भित्र रहेका इजाजत पत्र प्राप्त हातहतियारहरु निर्वाचन कार्य सम्पन्न भए पश्चात फिर्ता पाउने गरी मिति २०७८ चैत्र मसान्त भित्र नजिकको प्रहरी इकाई मार्फत जिल्ला प्रहरी कार्यालय वा सोझै जिल्ला प्रहरी कार्यालयमा बुझाउनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।’