राजविराज, १७ चैत । म्यादी प्रहरीमा जागिर लगाई दिने प्रलोभन दिई रकम ठगी गरेको आरोपमा सप्तरीका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा महदेवा गाउँपालिका–२ का २३ वर्षीय अरबिन्दकुमार मण्डल छन् ।
उनले म्यादी प्रहरीमा जागिर लगाई दिने भन्दै विभिन्न व्यक्तीहरुबाट रकम ठगी गरेकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव प्रसाद काफ्लेले बताए । मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आउँदो वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि सप्तरीमा ३ हजार १३९ जना म्यादी प्रहरी माग गरिएको छ । जसमा जिल्लाबाट तीन गुणाबढी अर्थात ९ हजार ४२४ जनाले आवेदन दिएका छन् ।
म्यादी प्रहरी भर्नाको लागि औद्योगिक क्षेत्र परिसरमा छनोट प्रक्रिया जारी रहेको डिएसपी काफ्लेले बताए ।