विश्वभर २४ घण्टामा २ लाखबढी कोरोना संक्रमित थपिए

जनकपुरधाम । विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ६ हजार ३८२ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा कम भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो २४ घण्टामा २ लाख ५३ हजार ९६३ कोरोना संक्रमितको पहिचान भएको थियो । कोरोनाका कारण हालसम्म ८ लाख १० हजार ४९२ संक्रमितको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या २ करोड ३५ लाख

विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २ करोड ३५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ वटा देशमा फैलिएको कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख १८ हजार ३४३ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस