मधेशको समस्या समाधान गर्न गठबन्धन सरकार तयार छ: प्रधानमन्त्री देउवा

जनकपुरधाम, २४ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा नागरिकताको समस्या देखिएपनि जुन आमाबुवाले नागरिकता पाई सकेको छ, त्यसको छोराछोरीले नागरिकता पाउँछ भने ठोकुवा गरेका छन् ।

जनकपुरधाममा पाँच दलिय गठबन्धनको विशाल चुनावी सभालाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मधेशमा देखिएको समस्या सामधान गर्न अहिलेको गठबन्धनको सरकार तयार रहेको बताएका छन् ।

अदालतले पुर्नस्थाना गरेको संसदलाई विपक्षी एमालेले चल्न नदिएको र लडाई गरेर ल्याएको सँसद भंग गर्ने दुष्प्रयास समेत गरेको बताउँदै प्रम देउवाले गठबन्धनको यो सरकार लोकतन्त्रको पक्षधर भएकाले गठबन्धनलाई बचाउन त्यसका उम्मेदवारलाई जिताउनु अपरिहार्य रहेको छ ।

स्थानीय चुनावमा टिकट नपाएका व्यक्तिहरु गठबन्धनको खिलाप बोल्नेलाई कार्यवाही गर्ने अवस्था आएको छ भन्दै नेपाली काँग्रेसका सभापति समेत रहेका प्रम देउवाले गठबन्धनलाई राम्रो अवस्थामा ल्याउन नेपाली जनता गठबन्धनको पक्षमा उभेको छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले ओलीको नेतृत्वमा दुई तिहाई बहुमतका सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन खोजेकाले हामीले संविधान लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न यो गठबन्धन बनाइएको बताएका छन् ।

उनले प्रतिगमन, प्रतिक्रान्ति र संघीय गणतन्त्रलाई उल्टाउन खोज्नेलाई नेपाली जनताले आउँदो स्थानीय चुनावमा समाप्त पार्ने बताएका छन् । उनले सद्न खुल्न वितिकै मधेशमा रहेको सबभन्दा ठूलो समस्या नागरिकतालाई यो गठबन्धनले विषय प्रवेश गराउन र नागरिकता समस्या समाधानतर्फ जाने बताएका छन् ।

सोही चुनावी सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द् यादवले निरंकुश र स्वच्छाचारी शासन प्रणाली देशमा लाद्न ओली खोजी रहेकोले त्यसलाई समाप्त गर्न गठबन्धन सरकार आएको बताएका छन् । उनले गठबन्धनको कारणले लोकतन्त्रको रक्षा र लोकतन्त्र संस्थागत हुन पुगेको बताएका छन् ।

त्यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता तथा गठबनधनका संयोजक रामचन्द्र पौडेलले मरिन डाइभर्सन, कोशी कमला डाइभर्सन समेत गठबन्धनका सरकारले बनाउने बताएका छन । उनले आन्दोलनको पृष्ठभूमिबाट संविधान आएकोले आउँदो चुनावमा गठबन्धनका उम्मेदवारलाई जिताउन सके जनकपुरधामको अधुरो योजनाहरु पुरा हुनेछ ।

नेपाली काँग्रेसका सहमहामन्त्री भीमराज अंगदेवले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति प्रहार गर्दै बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरुको घर पनि बन्न दिदैन जस्ता प्रवृतिका रहेको कटाक्ष गरेको छ ।

नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पजियारको अध्यक्षतामा भएको सो चुनावी सभालाई जनकपुरधाम उपमहानगरपालिकाका गठबन्धनका मेयर पदका उम्मेदवार लालकिशोर साह, उपमेयर पदका उम्मेदवार किशोरी साह, नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादव सहितका वक्ताहरुले चुनावी सभालाई सम्बोधन गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस