राष्ट्रपति भण्डारीद्वारा दुईवटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार दुईवटा अध्यादेश जारी गरेकी छिन्। राष्ट्रपति भण्डारीद्वारा औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ रस्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा छ ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको विज्ञप्तिमा उल्लेख छ।

Author:



क्याटोगरी छान्‍नुहोस