कृषि आधुनिकीकरण परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन

जनकपुरधाम। सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि आधुनिकीकरण परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले यस्तो जानकारी दिएका हुन् ।

बजेटमा उल्लेख छ, ‘आगामी आर्थिक वर्ष आत्मनिर्भरताको लागि राष्ट्रिय अभियान वर्ष हुनेछ। नेपालको ग्रामिण क्षेत्रलाई कृषि उत्पादनको केन्द्रको रुपमा विकास गरिनेछ । कृषि आधुनिकीकरण परियोजनामा ५ अर्ब ९० करोड विनियोजन गरिएको छ ।’

कृषकहरूलाई सरल र सहज रुपमा बीउ, मल, सिंचाईलगायतका सुविधा उपलब्ध गराइने पनि बजेटमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस