हराएको विमान उद्धारका लागि तीन ठाउँमा हेलिकोप्टर स्ट्यान्डबाई: तारा एयर

काठमाडौँ । तारा एयरले सम्पर्कविहीन भएको जहाज खराब मौसमका कारण खोजी गर्न नसकिएको जनाएको छ । पोखराबाट जोमसोम जाँदा आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकोप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरको भनाइ छ ।

तारा एयरले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्धारका लागि काठमाडौँ, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरू स्ट्यान्डबाई राखिएको जनाएको छ । मौसममा सुधार आएपछि खोजीकार्य पुनः सुरु गरिने तारा एयरले जनाएको छ ।

हराएको जहाजको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्धार टोली पनि स्थलमार्गबाट त्यसतर्फ प्रस्थान छ । पोखराबाट आइतबार बिहान ९ः५५ बजे उडेको तारा एयरको जहाज १०ः०७ बजेदेखि सम्पर्कविहीन बनेको थियो । जहाजमा तीनजना चालक दलका सदस्यसहित २२ जना यात्रु छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780